भोजपुर, १३ कात्तिक ।
भोजपुर जिला आम्चोक गाउँपालिकामा एक बालिकाको बलात्कार भएको छ । आम्चोक गाउँपालिका वडा न ९ दुम्मानाका १४ वर्षीया बालिकालाई स्थानीय सन्तोष श्रेष्ठले बलात्कार गरी हत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय भोजपरले जनाएको छ ।
कक्षा ८ मा अध्ययनरत श्रेष्ठले बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयाससमेत गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विडित वालीकाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेर उपचार भईरहेको र बलात्कार आरोपित सन्तोष श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी दिपेन्द्र पञ्जियार थारुले जानकाी दिए ।