लाइसेन्सका लागि कुपन लिने लाइनमा प्रहरीद्वारा लाठीचार्ज, तीन घाइते


इटहरी १२ कार्तिक

यातायात व्यवस्था कार्यालय कोशीको इटहरीस्थित कार्यालयमा मोटरसाइकलको लाइसेन्सका लागि फारम भर्न कुपन लिने क्रममा प्रहरीको लाठी चार्जबाट तीन घाइते भएका छन् । कुपन दिने झ्यालसम्म पुग्न लाग्दा धेरै नै ठेलमठेल भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट बुढीगंगा गाउपालिका–१ का टिकाराम निरौलाको टाउको चोट लागेको छ । उनीसंगै दुईजना थप घाइते भए ।

प्रहरीले नै इटहरीस्थित एपेक्स हस्पिटलमा निरांलाको उपचार गरेको छ । मध्यरात देखी नै सर्वसाधरणको लाइन यातायात कार्यालयमा लागेको थियो । बरगाछीदेखी लागेको सेवाग्राहीको लाइन तीन किलोमिटर दक्षिण आर्मी क्याम्पसम्म आइपुगेपछि व्यावस्थापन गर्न समस्या भएको थियो । नौं महिना पछि मोटरसाइकलको चालक अनुमपति पत्रको लागि आज फारम खुलेको हो ।

एकै पटक दशौं हजारले चालक अनुमति पत्रको फारम भर्नका लागि कुपन लिन जम्मा भएपछि प्रहरी, ट्राफिक प्रहरी र यातायात कार्यालयलाई भिड नियन्त्रण गर्न र चालक अनुमपति पत्रको लागि कुपन वितरण गर्न समस्या भएको हो ।

यातायात कार्यालयका प्रमुख श्यामकुमार सिंह पहिले फारम वितरण गर्दा र लिदा निकै भिड भएकाले अहिले कुपन पद्धतीबाट भिड कम गर्न खोजीएपनि भिड उत्ति नै भएकाले व्यवास्थापनमा कठिनाइ भएको बताए ।

यो पटक डिजिटल फारम भर्ने प्रणाली आएकाले पहिले कुपन वितरण गरेर कुपनमा भएको मितिमा सेवाग्राहीको डिजिटल सिस्टमबाट सोझै कम्प्यूटरमा फारम भरिन्छ । त्यसपछि मात्र उनीहरुलाई दिइएको मितिमा लिखित र प्रयोगात्मक परिक्षा संचालन हुन्छ । पुर्वलीन्युज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार