पौवादुङमा गाउँपालिकामा दोश्रो रनिङ शिल्ड प्रतियोगिता शुरु


भोजपुर, १९ फागुन । पौवादुङमा गाउँपालिकामा बुधबारबाट दोश्रो रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । आगामी २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका भित्रका ६ ओटा माध्यामिक विद्यालयको सहभागिता रहेको पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्याप रामकुमार राईले जानकारी दिए । प्रतियोगिताको गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति किरण राई, विषेश अथिति तथा गाउँपालिका उप–प्रमुख सम्झना राई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश भुजेलले एक साथ उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष किरण राईले यस्ता पतियोगिताले विद्यार्थीहरुको सवै क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । प्रतियोगिताहरुमा विजेता बन्नका लागि लगनशिलतासँगै अनुशासनले सफलता दिलाउने बताउदै विद्यार्थीहरुको अनुशासनको विकास गर्नका लागिसमेत यस्ता प्रतियोगिताले टेवा पुग्ने उनको धारणा छ ।

‘म आफूले खेल क्षेत्रलाई नजिकबाट नियालेको छु र म एक खेल प्रेमी अध्यक्ष पनि हुँ, त्यसैले हामीले खेल क्षेत्रको विकासको लागि विशेष महत्वका साथ काम गरिरहेका छौँ । गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि खेल मैदान निर्माणदेखि उनीहरुको बृद्धि विकासको लागि समेत योजनाबद्ध रुपमा काम गरिरहेका छौँ’ उनले भने‘ खेलको क्षेत्रबाट देश तथा हाम्रो गाउँपालिकालाई विश्व समक्ष चिनाउन यहाँ जन्मेकी मिरा राईले भूमिका खेलिसक्नु भएको छ । आगामी दिनमा यस्ता सयौँ खेलाडीहरु उत्पादन गर्नमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम सञ्चालन गरिरहेको छ ।’ साथै उनले गाउँपालिकाको खानेपानीको समस्या समाधानका लागि तिव्र गतिमा काम भईरहको बताए । पानीको समस्या समाधनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न केन्द्रबाट बजेटको विनियोजन गर्न सफल भएको समेत बताए । जसको लागि ५५ लाख बजेट विनियोजन गर्न सफल भएको उनको भनाइ छ । ‘ गाउँपालिकाको पानीको समस्या समाधानका लागि सञ्चालन भईरहेको छोक्ला, छरछरे खानेपानी आयोजनाको लागि मुख्य पाएप लाइन विस्तारका लागि ५५ लाख बजेट विनियोजन भइसकेको छ । हामी यहाँका नागरिकलाई समयमा नै पानि खुवाउन सफल हुने छौँ’अध्यक्ष राईले भने, विद्युत विस्तारको लागि पनिे वोलपत्र आह्वान भईसकेको छ, आगमी आर्थिक वर्षमा गाउँपालिकाको सवै क्षेत्रमा विद्युत विस्तार हुनेछ । जसका लागि ७ करोडको डीपिआर तयार भएको छ भने हामीले तयार गरेको डीपीआर अनुसार च्याङग्रे पोखरी, अरुण डाँडा, लगाएतका पर्यटकीय क्षेत्रको विकासका लागि पनि केन्द्रबाट बजेट विनियोजन भएको छ ।’

त्यस्तै गाउँपालिका उपाध्यक्ष सम्झना राईले गाउँपालिकाको शिक्षा क्षेत्रको विकासका लागि काम भईरहेको बताइन् । कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न गाउँ कार्यपालिकाको बैठकबाट थप बजेट विनियोजन गरेर लागि परेको बताइन् । उपाध्यक्ष राईले भनिन्, हाम्रा विद्यालय तथा विद्यार्थीहरु सबै क्षेत्रका विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेका छौँ, यस कार्यक्रमलाई सफल रुपमा सञ्चालन गर्नको लागि गाउँपालिकाले पनि थप बजेटको विनियोजन गरेका थियौँ । यसले पनि विद्यालय तथा विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी बन्न टेवा मिलेको छ । हामीले खेल क्षेत्रसंगै यहाँका विकास निर्माण,पर्यटन तथा अन्य समुदाय लक्षित कार्यक्रमका लागि योजना तयार गरेर काम गरिरहेका छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार