यशोधरा माध्यमिक विद्यालयद्धारा भोजपुरका आगलागी पीडितलाई आर्थिक सहयोग


भोजपुर, १८ चैत । यशोधरा माध्यमिक विद्यालयले भोजपुरका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । भोजपुर नगरपालिका १२ टक्सार मालबाँसेमा गत चैत तीन गते भएको आगलागी पीडितलाई विद्यालयले ५० हजार सात सय आर्थिक सहयोग गरेको हो । विद्यालयका शिक्षक कर्मचारीको एक दिन बराबरको तलव तथा विद्यार्थीहरुबाट शैक्षिक रुपमा संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
आगलागीबाट घर गुमाउने नरबहादुर कार्की, बिशाल कार्की, पदमबहादुर कार्की, पुष्पबहादुर कार्की र बिर्ख बहादुर कार्कीका परिवारलाई विद्यालयले प्रति परिवार दस हजार एक सय चालिसका दरले नगद सहयोग गरेको हो ।

शनिबार पीडित परिवारलाई विद्यालयको तर्फबाट प्रधानाध्यापक ध्रूवराज रेग्मीले रकम हस्तान्तरण गर्नु भएको हो । जंगलको डढेलो बस्तीमा पस्दा भएको आगलागीबाट बसोवास हुँदै आएको पाँच घर, खाली दुई घर र १० वटा गोठहरु जलेर नष्ट भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार