छैटौँ संस्करणको ४० किलोमिटर मुन्दुम ट्रेल रेस शुरु


भोजपुर, ३ बैशाख । छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस शुरु भएको छ । सोमबार भोजपुरको बाघखोरबाट चखेवाभञ्याङसम्म ४० किलोमिटर रेस शुरु भएको हो । दौड प्रतियोगितामा ९४ पुरुष र २७ महिला गरी एकसय २१ जनाले सहभागिता जनाएको आयोजकको भनाइ छ । टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको सांसद विनोद बान्तावाको प्रमुख अथित्यितामा उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै सांसद बान्तावाले खेलले मानिसलाई स्वास्थ्यसँगै सभ्य समाज निर्माणको लागि सहयोग पुग्ने धाराणा राख्नुभयो ।“खेल मानव स्वास्थ्यको लागि अपरिहार्य क्रियाकलाप हो”सांसद बान्तावाले भन्नुभयो,“खेलले ब्याक्तिलाई मात्र अनुशासित नबनाएर समाज र राज्यलाई नै अनुशासित बनाउछ ।”

नयाँ वर्षको अवसरमा टेम्केमैयुङ गाउँपालिकाको चखेवामा सञ्चालन भईरहेको कृषि, पर्यटन र सांस्कृतिक महोत्सवलाई लक्षित गरेर प्रतियोगिता सञ्चालन गरिएको रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमी भोजपुरका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो । प्रतियोगितामा एक विभागसहित १० जिल्लाको सहभागिता रहेको उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार