भोजपुर काठमाण्डौ सम्पर्क समितिको आयोजनामा चैत २४ गते काठमाण्डौमा बनभोज कार्यक्रम


भोजपुर, २२ चैत । नेपाली काङ्ग्रेस भोजपुर काठमाण्डौ सम्पर्क समितिले नयाँ वर्षको अवसरमा बनभोज कार्यक्रमको आयोजना गरेको छ । भोजपुर घर भई कामको शिलशिलामा काठमाण्डौमा छरिएर बसेकाहरुको पुनरमिलनसँगै नयाँ वर्षको शुभकामका आदान प्रदान गर्न चैत २४ गते बनभोज कार्यक्रमको आयोजना गरिएको नेपाली काङ्ग्रेस भोजपुर जिल्ला सभापति विनोद बान्तावाले जानकारी दिनुभयो । बनभोज कार्यक्रममा नेपाली काङ्ग्रेस मात्र नभएर सम्पूर्णलाई निमन्त्रण गरिएको उहाँको भनाइ छ ।

भोजपुरको विकासको लागि सवै एकताबद्धसँगै एउटै ठाउँमा बसेर विचार विमर्श गर्नको लागि कार्यक्रम आयोजना गरिएको सभापति बान्तावाले बताउनुभयो । “हामीले नयाँ वर्षको अवसरमा बनभोज कार्यक्रमको आयोजना गरेका छौँ” उहाँले भन्नुभयो,“हामीले काठमाण्डौमा रहेका भोजपुरेलाई निमन्त्रणा गरेका छौँ । यो अवसरमा शुभकामना आदान प्रदानसँगै भोजपुरको विकास विषयमा विचार विमर्श हुनेछ । भोजपुरको एकतावद्ध विकासमा छलफल गछौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार