आइतबारबाट हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको तयारी पुरा


भोजपुर ८ बैशाख ।
भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ । भोजीदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक भोजपुर जिल्ला फुटबल संघले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो
गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ आठ टोलीको सहभागिता रहने छ ।
प्रतियोगिता सञ्चालनका लागि रु ४९ लाख २५ हजार पाँच सय लागत अनुमान गरिएको आयोजकको भनाइ छ । बताए । भोजपुर नगरपालिकाले विनियोजन गरेको रु ३० लाख र बाँकी रकम प्रायोजकहरुबाट । भईरहेको जनाइएको छ । हालसम्म १० लाख रकम संकलन भएको आयोजकको भनाइ छ प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकले पुरस्कार पाउनेछन् ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताको सह प्रायोजक राष्ट्रिय बाणिज्य बैक र प्रायोजकहरुमा साल्ट ट्रेडिङ कार्पोरेसन, शिबम फुटवेयर्स प्रालि, संग्रीला चप्पल, यु डि विल्डर्स भोजपुर र तेज कन्ट्रक्सन काभ्रे र संयुक्त बस व्यावसायी भोजपुर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार