सर्लाहीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते


सर्लाही, २८ भाद्र । सर्लाहीमा गोली प्रहार बाट एक जना गम्भीर घाइते भएका छन् । गए राति ८ बजेको समयमा ईश्वरपुर न।पा।१० खैरा बजार नजिकै वडा नं ११ करुमुहान बस्ने ३५ बर्षीय राजेश शाहलाई अज्ञात व्यक्तिले गोली प्रहार गर्दा गम्भीर घाइते भएका हुन् ।

खैरा बजारबाट घरतर्फ आउँदै गर्दा वडा नं ११ स्थित उखु बारीबाट अज्ञात ब्यक्तिले गोलि प्रहार गरेको थियो । गोली प्रहारबाट साहलाई नाईटोको छेउमा गोली लागेकोले अवस्था चिन्ताजनक रहेको ईलाका प्रहरी कार्यलय केशरजंगले जनाएको छ।

घाइते साहलाई अमृत हेल्थ केयर बयलवासमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंज रिफर गरिएको प्रहरीले जनाए । घटना दुखद भएको र गोली प्रहार गर्ने ब्यक्तिको खोजी कार्य तिव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार