३ सय ८० ग्राम सुनसहित विमानस्थलबाट १ पक्राउ


काठमाडौं, २४ भाद्र । ३ सय ८० ग्राम अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति पक्राउ परेका छन् ।

सुनसहित पक्राउ पर्नेमा कर्मा टासी रहेका छन् । टासीलाई त्रिभुवन विमानस्थल भन्सारमा चेकजाँचका क्रममा सोमबार नियन्त्रणमा लिइएको हो । टासी बैंककबाट नेपाल वायु सेवा निगमको उडानमार्फत काठमाडौं झरेका थिए ।

त्रिभुवन भन्सार कार्यालय स्रोतले अवैध सुनसहित पक्राउ परेका टासीबारे अनुसन्धान भइरहेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर लामो समयदेखि अवैध सुन भित्रिने गरे पनि नियन्त्रणमा आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार