उपचारका लागि भोजपुर क्याम्पसका विद्यार्थीको सहयोग


भोजपुर, २१ माघ
भोजपुर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आर्थिक रूपमा कमजोर एक बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। क्याम्पसमा अध्ययनरत संगम विश्वकर्माका बुवा गम्भीर बिरामी परेपछि विद्यार्थीहरूले सहयोग संकलन गरी हस्तान्तरण गरेका हुन्।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भोजपुर क्याम्पसका सभापति सोविन तामाङका अनुसार विद्यार्थीबाट संकलित १६ हजार ५२० रुपैयाँ रकम बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको छ। संगमका बुवाको उपचारका लागि आर्थिक अभाव भएपछि स्ववियुले सबैमा सहयोगको आह्वानसमेत गरेको उहाँले जानकारी दिनुभयो।
संगम विश्वकर्माका बुवा फोक्सोको संक्रमणका कारण हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार