टेम्केमैयुङ गाउँपालिकाको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न


भोजपुर,१ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आर्थिक बर्ष २०८०/ ०८१ दोश्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विहिवार गाउँपालिका केन्द्र अन्नपूर्णमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गर्नु भयो।

 स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिँदै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्थानीय नागरिकबाट आएका सल्लाह सुझावले गाउँपालिकाको आगामी दिनका योजनालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । सार्वजनिक सुनुवाईले पालिकाको सेवा प्रबाहको बारेमा जनतालई सुसुचित हुन सहयोग पुग्ने उहाँको भनाइ छ ।  स्थानीय नागरिकको सल्लाह सुझाब तथा प्रतिकृयाले समृद्ध गाउँपालिका निर्माणमा सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो ।

  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार