कोशी प्रदेश सामाजिक विसकास राज्यमन्त्रीमा सिर्जना राई नियुक्त : यस्तो छ राईको राजनितिक यात्रा !


भोजपुर, २३ भदौ । कोशी प्रदेश सामाजिक विकास राज्यमन्त्रीमा सिर्जना राई नियुक्त भएकी छिन् । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा राई शुक्रबार राज्यमन्त्रीमा नियुक्त भएकी हुन । भोजपुरको प्रतिनिधित्व गर्दै राई एमालेबाट कोशी प्रदेश समानुपातिक संसादमा मनोनित भएकी थिईन । लामो समय एमालेको राजनितिमा विताएकी राई २०७९ मा सम्पन्न निर्वाचनमा समानुपातिक सांसदमा मनोनित भएकी थिईन ।

यस्तो छ सिर्जना राईको राजनितिक यात्रा : सिर्जना राईको जन्म भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा भएको हो । माता पुष्पा राई र पिता अधिराज राईको तेस्रो सन्तानको रुपमा २०४० साल माघ ९ गते जन्मिएकी राई एमालेको एक सशक्त महिला नेतृ हुन् । अर्थशास्त्रमा एम। ए।सम्मको शिक्षा हासिल गरेकी राई विद्यार्थी जीवनबाट नै राजनितिमा लागेकी हुन् ।

महिलाको अधिकारको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै राजनितिमा लागेकी राइको विभिन्न सामाजिक संघ संस्थामासमेत आवद्धता रहेको छ ।२०५४ सालमा सिंहदेवी माध्यमिक विद्यालयमा गठन भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन९अनेरास्ववियु०को प्रारम्भिक कमिटीको सचिव पदको जिम्मेवारी लिएसँगै राईको राजनितिक जीवन शुरु भएको हो । २०५६ सालमा भोजपुर क्याम्पसको अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य बनेकी राई २०५७ सालमा अनेरास्ववियूको जिल्ला कमिटी सदस्य बनिन् ।

२०६० सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेकी राई २०६६ सालमा तत्कालिन छिनामखु गाविस कमिटी सदस्य बनेसँगै २०६९ सालमा एमालेको जिल्ला कमिटी सदस्य बनेकी हुन् ।शालिन र इमान्दर छवि बनाएकी राई पार्टीको काम गर्दै जाने क्रममा २०७३ सालमा एमालेको सचिवालय सदस्य र तत्कालिन छिनामखु गाविसको इन्चार्जको जिम्मेवारी प्राप्त गरिन् ।

पार्टीले दिएको जिम्मेवारीलाई सर्वोपरी ठानेर पार्टी काममा नथाक्ने राई २०७४ सालको निर्वाचनमा एमालेबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेकी थिइन् ।  २०७४ सालमा अखिल महिला संघको प्रदेश कमिटी सदस्य बनेकी राई २०७५ सालमा एमालेको जिल्ला कमिटि सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुखको जिम्मेवार पाउन सफल भइन् ।

२०७५ सालमा नै अनेमासंघको केन्द्रिय सदस्य बनेकी राई २०७७ सालमा विभाजित नेकपाको केन्द्रिय सदस्यमासमेत मनोनित भईन् ।
हाल प्रदेश कमिटी सचिवालय सदस्य तथा अनेमासंघ कोशी प्रदेश अध्यक्ष रहेकी राई २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश सभा सदस्यमा समानुपातिक संसादमा मनोनित भएकी थिईन । राईले अर्थशास्त्रमा इकोनोमेट्रीक्स एण्ड म्याथम्याटीक्सवाट मास्टर डिग्री सम्मको अध्ययन गरेकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार