
भोजपुर, २५ मंसिर ।
भोजपुरका तीन जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ भोजपुरको ८औं साधारणसभाको अवसर पारेर उनीहरूलाई पुरस्कृत गरिएको हो ।
पत्रकार महासंघ भोजपुरका पूर्वअध्यक्ष तथा नेपाल प्रेसका समाचार सम्पादक श्यामकृष्ण दाहाल, रेडियो भोजपुरकी कार्यक्रम प्रमुख शारदा तामाङ र ग्यालेक्सी टिभीका संवाददाता विवेक राई पुरस्कृत भएका हुन् ।
दाहाल श्रेष्ठ मनमाया अमर पत्रकारिता पुरस्कार, तामाङ तिलकबहादुर मनमाया राई पर्यटन पत्रकारिता पुरस्कार र लोकनाथ दाहाल स्मृति खोज पत्रकारिता पुरस्कारबाट विवेक राई पुरस्कृत भएका छन् ।