
भोजपुर ४ जेष्ठ । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धन दल काँग्रेसका उम्मेदवार सरोज बस्नेत विजयी भएका छन् । उनले ३९८० मत पाएका छन भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुव राईले ३२८८ मत ल्याए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित राई यस पटक भने ६९२ मतले बस्नेतसँग पराजित भएका हुन । गाउँपालिकाका उपाध्यक्षमा एमालेकी रमा राई विजयी भएकी छिन् । उनी जिल्ला समन्वय समिति भोजपुरकी सदस्य पनि हुन ।
उपाध्यक्षमा विजयी राईले ३३८८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार इन्द्रावती राईले ३२९८ मत पाइन । गाउँपालिकाको ९ वटा वडाहरु मध्ये नेकपा एमाले ५ वडा, नेपाली कांग्रेस २ वडा, नेकपा ९माओवादी केन्द्र० १ र १ वडामा जनता समाजवादी पार्टी नेपालले जित हासिल गरेको थियो ।