प्रेस चौतारी नेपाल भोजपुरको अध्यक्षमा मोहन दुराल


भोजपुर, २८ माघ । प्रेस चौतारी नेपाल भोजपुरको अध्यक्षमा मोहन दुराल सर्वसम्मत चयन भएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल भोजपुरको चौथो जिल्ला अधिवेशनबाट दुरालको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा मकर तामाङ र मेनुका लुइँटेल चयन भएका छन् भने सचिवमा प्रदीपचन्द्र राई, उपसचिव अर्जुन राई र बबिता तामाङ रहेका छन् । त्यस्तै सदस्यहरूमा प्रजन राई, प्रेमकुमारी खड्का र दिपेश राई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार