
भोजपुर, १५ मंसिर ।
भोजपुरको हतुवागढी गाउँपालिकामा ‘छैठौँ भीमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८’ हुने भएको छ । निकै ठुलो पुरस्कार राशी रहेको गोल्डकप पौष १ गते सञ्चालन हुने आयोजकले जनाएको छ । गोल्डकपमा प्रथम हुने टिमले नगद एक लाख ६६ हजार ६२२, ट्रफी, स्वर्ण पदक र प्रमाण पत्र पाउने छ भने दितिय हुने टिमले नगद रु. एक लाख एक हजार ३०, रजत पदक र प्रमाण पत्र पाउने आयोजकको भनाइ छ ।