नेपाली काङ्ग्रेस भोजपुरको सभापतीमा ३ जनाको उम्मेद्वारी


भोजपुर ३ मंसिर । नेपाली काङ्ग्रेसको १४ औँ जिल्ला अधिवेशनमा भोजपुर जिल्ला सभापतीका लागी ३ जनाले दावेदारी प्रस्तुतगरेका छन् । जसमा वर्तमान जिल्ला सभापती नन्दमणी राई, पुर्व सभापती वालकृष्ण थापा र महासमिति सदस्य विनोद वान्तवाले जिल्ला पार्टि सभापतीमा उम्मेरद्वारी घोषणा गर्दै दावेदारी प्रस्तुत गरेकाहुन् । जिल्ला पार्टीको उपसभापतीमा गजेन्द्र बहादुर कार्की, दिनेश प्रसाद घिमिरे, डम्बर श्रेष्ठ, विश्वनाथ पराजुली, राजेन्द्र राई, कमल थुलुङले उम्मेरद्वारी घोषणा गरेका छन् । जिल्ला पार्टी सचिवमा समीर मोक्तान, सफल किरात, चित्र कार्की र विष्णुराज राईले उम्मेरद्वारी घोषणा गरेका छन भने सहसचिवमा कर्ण मोक्तान, मनोज खनाल, देवी कार्की र अमृत राईले उम्मेरद्वारी घोषणा गरेका छन् ।

अधिवेशनमा प्रदेश सभा ‘क’ को सभापतीमा सरोज वस्नेत, नगेन्द्र खत्री, गणेश बुढाथोकी र प्रदेश सभा ‘ख’को सभापतीमा मदन खुलाल र उद्धिम राईले उम्मेरद्वारी घोषणा गरेका छन् । त्यस्तै पार्टिको केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुमा जिल्लाबाट यसअघि १३ औँ महाधिवेशनका प्रतिनिधिहरु, महासमिति सदस्यहरु लगायत नयाँ प्रतिनिधिहरुले सहभागी हुने आकांक्ष गरेका छन् ।

जिल्लामा प्रदेश सभा क्षेत्रिय अधिवेशन यहि मंसिर ४ गते र केन्द्रिय महाधिवेशन एंव जिल्ला अधिवेशन यहि मंसिर ५ र ६ गते हुने नेपाली कांग्रेस भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार