एमाले भोजपुरको जिल्ला कमिटि बैठक सम्पन्न


भोजपुर, ५ भदौ । (नेपाल कम्युनिष्ट पार्टी ) एमालेको भोजपुर जिल्ला बैठक तथा भेला सदरमुकाममा सम्पन्न भएको छ । मंगलबार  सदरमुकाममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ सह इन्चार्ज शेरधन राईको उपस्थितिमा बैठक सम्पन्न भएको हो । जिल्ला बैठकले केहि पदाधिकारीहरुको जिम्मेबारी फेरबदल गरेको छ ।

 पार्टी जेष्ठ २ फर्काइएको भएपनि त्यस बेलाका सचिव सरण राईलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ भने पार्टीको सचिवमा मक्कर खड्कालाई जिम्मेबारी दिएको छ । त्यस्तै उपसचिवको जिम्मेवारी धर्म किरातलाई दिइएको जनाइएको छ । पार्टी अध्यक्ष प्रेम कुमार राईको अध्यक्षतामा भएको बैठकको प्रमुख अथिति एमाले केन्द्रीय सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राई रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा एमाले प्रदेश १ सह इन्चार्ज शेरधन राईले अरुको इशारा तथा ब्यक्तिगत स्वार्थको लागि माधवकुमार नेपालले पार्टी चोइट्याएको बताउँदै पार्टी फुटको पक्षमा लागेकाहरुको हैसियत आगमी निर्वाचनले देखाउने बताए ।

राईले भने,‘ विभिन्न व्यक्तीहरुको डिजाइनमा एमालेलाई चोइट्याउने प्रयास भयो, उनीहरुले विगतमा पार्टी विपक्षमा देखाएको व्यवहारले पार्टी विभाजन हुनु कुनै नौलो कुरा भएन । आफ्नो सिमित स्वार्थ र कुण्ठा पुरा गर्न माधव नेपालले यो सब गरेका हुन् । यसको परिणाम निर्वाचनले देखाउने छ ।’ बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य हरिबहादुर राईसहित  प्रदेश र स्थानियस्तरका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार