
भोजपुर, १ असोज । भोजपुरको आमचोक गाउँपालिका १ खाम्ताङमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको ज्यान गएको छ । स्थानीय १४ वर्षीया तारा परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आमचोक गाउँपालिकाको १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी परियारलाई घटना भएको चार घण्टापछि मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।स्थानीयबाट घटनाको विषयमा जानकारी पाउन साथ प्रहरी चौकी वासिङथर्पु र ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटना स्थल पुगेको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाटसमेत प्रहरी टोली सो तर्फ गएको प्रहरीले जनाएको छ