भोजपुरमा पशुपन्छीबाट मानिसमा सर्ने जुनेटिक रोगहरु सम्वन्धी एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न


भोजपुर, ३२ साउन । भोजपुरमा पशुबाट मानिसमा सर्ने रोगहरुको बारेमा जानकारी गराईएको छ । सदरमुकाम तथा आसपासका मासु व्यवसायी तथा दुग्ध उद्योगीहरुलाई एक कार्यक्रम मार्फत यस्तो जानकारी दिएको हो । कार्यक्रम मार्फत जुनेटीक रोगबाट बच्नका लागि पशुपन्छीपालन गर्दा देखि त्यसको मासु काट्ने, बेच्ने र पकाउनेसँगै खाने व्यक्तिसम्मले सावधानी अपनाउनु विषयमा जानकारी दिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संखुवासभा सम्पर्क कार्यालय भोजपुरका प्रमुख हिमालय पोखरेलले बताए ।

प्रमुख पोखरेलले भने ‘जुनेटिक रोग लाग्न नदिन रोगी वा शंकास्पद पशुपन्छीलाई अलग्गै राखेर उपचार गर्न, छाडा जनावरहरुसँग नजिकमा नरहने, घरपालुवा जनावरलाई परजिवी विरुद्धको औषधी तथा संक्रमण जुनेटिक रोग विरुद्धको खोप अनिवार्य लगाउने, रोगी पशुपन्छीको मासु बेचविखन गर्न नदिने, पशुपन्छीलाई बध गर्नुपूर्व अनिवार्य रुपमा चेकजाँच गर्ने र मासु पकाएर खादा राम्ररी पकाएर खाएमा यस्ता जुनेटीक रोगबाट बच्च सकिने सकिन्छ ।’

सामाजिक आर्थिक अवस्था कमजोर भएका शिक्षा स्वस्थ्यमा ध्यान दिन नसक्नेहरुमा यस्तो रोगको संक्रमण बढी हुने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशुलाई लाग्ने सामान्य रोग पनि मान्छेमा सरेपछि भयानक हुने भएकाले यस्ता किसिमको रोगबाट धेरै किसानहरु प्रभावित हुने पशु विज्ञ केन्द्रका अधिकृत सुन्दरलाल यादवले जनाकारी दिए ।

व्यवसाय सञ्चालन गरिरहेको भए पनि पशुबाट मानिसमा सर्ने रोगहरुको बारेमा जानकारी नभएको सहभागिहरुले बताएका छन् । यस्ता कार्यक्रमले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने जुनेटीक रोगहरुमा रेविज, जापानिज इन्सेफ्लाइटिस, कालाजार, डेंगु फिभर जस्ता रोगहरु बारेमा जानकारी भएको सहभगिहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार