
भोजपुर १४ चैत्र ।नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरको एजेन्सी सम्मान तथा व्यवसायीक छलफल कार्यक्रम सम्पन्न भएको छ । ईन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट काम गर्ने २० जना एजेन्सी म्यानेजर तथा व्यवसायीक संयोजकहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भोजपुर शाखामा सवै भन्दा राम्रो काम गरेकोमा नवराज श्रेष्ठ , अनिल बस्नेत , तारानाथ पराजुली लगाए अन्यलाई सम्मान गरिएको नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरका प्रमुख दिपक वस्नेतले जानकारी दिए ।
त्यस्तै भोजपुर शाखा पुर्वाञ्चलकै उत्कृष्ट उपशाखा हुन सफ भएकोले उपशाखा प्रमुख दिपक वस्नेतलाई पनि सम्मान गरिएको छ । यस उप–शाखाले जिल्लामा सञ्चालित अन्य विमा कम्पनी भन्दा राम्रो काम गरेर आफ्नो स्थान सवैभन्दा अग्र स्थानमा राख्न सफल भएको उप शाखा प्रमुख वस्नेतले बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै नायव महाप्रवन्दक उमापती पोख्रेलले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना व्यक्त गरे । समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्नु पर्ने बताए । त्यस्तै यस प्रकारका कार्यक्रमले अभिकर्ताहरुमाझ जोस र जागरको उर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै नायब महा प्रबन्धक पोख्रेलले उपस्थिति सम्पूर्णलाई बिमा सीप बिकास सम्बन्धि सिपहरुको जानकारि गराएका थिए । त्यस्तै सहभागिलाई कम्पनीको रणनिति तथा नेपाल लाइफमै किन बिमा गर्ने भन्ने बारेमा समेत प्रष्ट पारेका थिए । कार्यक्रममा एक सय ३० जना भन्दा बढीको सहभागिता रहेको उपशाखा प्रमुख वस्नेतले बताए ।
शनिवार उधोगबाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल लाईफ ईन्स्योरेन्स नायव महा प्रबन्धक उमापती पोख्रेल तथा विशेष अतिथी क्षेत्रीय प्रमुख टिकाद्धत प्याकुरेल रहेका थिए ।