(माओबादी केन्द्र) भोजपुरकोे वैठक सम्पन्न, भुगोलको जिम्मेवारी टुङ्ग्यायो ।


भोजपुर, १३ चैत्र ।
नेपाल कम्यूनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला कमिटी भोजपुरले पार्टीको वैठक सम्पन्न गरी संगठनिक जिम्मेवारी समेत टुङ्गो लगाएको छ । अदालतले (नेकपा) लाई पुर्ववत अवस्थामा फार्काएपछि १० र ११ गते माओबादी केन्द्रले जिल्ला पार्टी कार्यलय भोजपुरमा जिल्ला कमिटी वैठकको आयोजना गरेको हो ।

भुगोलको जिम्मेवारी टुङ्गो लगाउँदै दुई दिन सम्म चलेको बैठकमा भएको छलफल को निर्णय थप एक दिन जिल्ला पार्टी कार्यलय टिमको छलफल पछि सार्वजानिक गरेको हो । पार्टीको आगामी वैचारीक लाइन र रणनितिको बारे घनिभुत छलफल भएको वैठकमा सहभागी एक जिल्ला कमिटी सदस्यले बताए ।
जिल्ला पार्टी कार्यलय सदस्य नगेन्द्र भुुजेल (सैलेन्द्र)को अध्यक्षता मा सम्पन्न वैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सुदन किराती प्रदेश सदस्यहरु दिलकुमार राई,राजेश खतिवडा,विमल खड्का,निर्माण किराती लगायतको उपस्थिति रहेको थियो ।वैठकबारे आफ्नो धारणा राख्दै संघिय सांसद समेत रहेका पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सुदन किरातीले संघिन परिस्थितिमा आयोजित वैठकको निर्णय नेपाली कम्यूनिष्ट आन्दोलनलाई वैचारिक र संगठनिक दुवै हिसावले पुनरउत्थानका निम्ति कोशे ढुंगा सावित भएको बताएकाछन् ।

वैठकले पार्टीको भावी कार्यदिशा र केन्द्रीय पार्टीलाई सुझाव का निम्ति पार्टीका प्रदेश कमिटी सदस्य दिलकुमार राईको संयोजकत्वमा तीन सदस्य सुझाव टोली निर्माण गठन गरेको छ । वैठकले दुई नगर र सात गाउँपालिका सहित नौ ओटै स्थानिय तहको जिम्मेवारी समेतटुङ्गाएको छ । वैठकले टुङगाएको नयाँ जिम्मेवारी यस प्रकार रहेकाछन् ।

साल्पाशिलिछो गाउँपालिकामा इन्चार्ज दल ब.गिरी,अध्यक्ष प्रेम किराती र सचिव महेश राई रहेकाछन् । षडानन्द गररपालिकाको इञ्चार्जमा मुकुन्द राई सह इञ्चार्जमा ओम श्रेष्ठ(दोवन,कुमार चर्माकार अध्यक्ष यङगराज राई र सचिव राजविकास राई रहेकाछन् । अरुण गाउँपालिकामा इञ्चार्ज डिल्लिराम राई (विकट) सह इञ्चार्ज इन्द्रशुर बेल्टारे, अध्यक्ष बलभद्र वान्तवा सचिवमा कुमार थापा रहेकाछन् ।

पौवादुङमा गाउँपालिकामा इञ्चार्ज देवेन्द्र खड्का,सह इञ्चार्ज अमृत राई,ओमप्रकाश भुजेल अध्यक्ष सम्झना राई र सहसचिवमा जितेन राई रहेकाछन् । भोजपुर नगरपालिकामा इञ्चार्ज शरण तामाङ(रविन) सह इन्चार्ज सुर्य गोले,जगत तामाङ अध्यक्ष मनिका राई सचिव राजन समीप छन् । टेम्के मैयुङमा इञ्चार्ज संगम राई सह इञ्चार्ज विष्णु बस्नेत,जगत राई अध्यक्ष सुर्य नेपाल सचिव प्रदिप राई रहेकाछन् । रामप्रसादराई गाउँपालिकामा इञ्चार्ज सम्झना राई (सन्ध्या) सह इञ्चार्जमा चन्द्र मगर,बाबुराम बन्जरा अध्यक्ष सुरेशचन्द्र राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार