भोजपुर, १ चैत ।
मिलको फित्तामा सल बेरियर भोजपुरमा एक महिलाको मृत्यु भएको छ । रामप्रसादराई गाउँपालिका–१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शनिबार साँझ ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको विद्युतीय मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिँदा गम्भिर घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा स्थानीय मेडिकल ओख्रेमा राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमा लागि आज जिल्ला अस्पताल ल्याइदै गरेको भोजपुर प्रहरीले जनाएको छ ।