पञ्चकन्या माविमा भूतपूर्व विद्यार्थीद्धारा अक्षयकोष स्थापना


भोजपुर, २० फागुन । पौवादुङमा गाउँपालिकामा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा भूतपूर्व विद्यार्थीहरुले अक्षय कोष स्थापना गरेका छन् । २०५७ सालमा एसइई दिएका विद्यार्थीहरुले बुधबार विद्यालयमा रु।एक लाख १० हजारको अक्षय कोष स्थापना गरेका हुन् । आफू पढेको विद्यालयलाई केहि सहयोग गर्ने लक्ष्यका साथ कोषको स्थापना गरेको उनीहरुको भनाइ छ । उक्त कोषको रकमको व्याजबाट कक्षा–८ देखी कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थी र कक्षा– ६ देखी १० सम्म अध्यायन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ । त्यस्तै उनीहरुले विद्यालयका प्रधानाध्यपक रामकुमार राई र शिक्षक मचिन्द्र राईलाई सम्मान गरेका छन् ।

दुवै जनालाई हालसम्म विद्यालयको शैक्षिक विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको भूतपूर्व विद्यार्थी टलक बहादुर कार्कीले जानकारी दिए । कार्कीले भने,‘‘हामीले आफूले शिक्षाआर्जन गरेको विद्यालयलाई केहि योगदान गर्ने लक्ष्यले कोषको स्थापना गरेका हौँ, यो अभियान अझै पनि निरन्तर जारी छ । कोषको रकमलाई अझ विस्तार गर्ने हाम्रो लक्ष्य छ ।’’त्यस्तै आफ्नो व्याजमा अध्यन गरेर उच्च तहमा पुगेको भन्दै पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईलाईसमेत सम्मान गरेका छन् । उनीहरुले सामाजीक सञ्जालमार्फत अभियान चलाएर सो सालमा अध्यायन गरेको समूहबाट रकम संकलन गरेको जनाएका छन् ।

त्यस्तै भूतपूर्व विद्यार्थीहरुले दुर्घटनामा परेर घाइते भएका हिलेभञ्याङका राजन राईलाई रु। २५ हजार आर्थिक सहयोग गरेका छन् ।राईलाई सोही अवसरमा गाउँपालिकाले एक थान ह्वील चियर समेत हस्तान्तरण गरेको छ । दुर्घटनामा परेर गम्भिर घाईते भएका राई लामो समयदेखी घरमा थलिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार