भोजपुरको चोलन्तीमा जारी वडास्तरिय भलिबल प्रतियोगिताका सम्पन्न


भोजपुर ८ माघ । भोजपुरको चोलन्तीमा जारी वडास्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा माघे संक्रान्तीको अवसरमा भएको खेलमा पुरुष तर्फ रामप्रसादराई गाउँपालिका वडा ६ बैकुण्ठे  प्रथम भएको छ भने वडा नम्वर ५ मानेभञ्याङ दितिय बनेको छ । टेम्केमैयुङ गाउँपालिकामा–८ गोगने र खोटाङको दिक्तेल मजुवागढी नगरपालिकाबीच प्रतिस्पर्धाबाट गोगने तेस्रो भएको छ । महिला तर्फ खिदिमा प्रथम भएको छ भने महेन्द्र आधाभुत विद्यालय दितिय बनेको छ । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्क तेस्रो भएको छ । पुरुष तर्फ प्रथम हुनेले रु. ५१ हजार, दोस्रो हुनेले रु.३१ हजार, तेस्रो हुनेले रु.१६ हजार र सान्तावना हुनेले रु।नौ हजार पाउने आयोजनको भनाइ छ ।त्यस्तै महिला तर्फ प्रथम हुनेले रु.१६ हजार, दोस्रो हुनेले रु. ११ हजार, तेस्रो हुनेले रु. पाँच हजार एक सय पाउने छन्, भने प्रथम हुनेले ट्रफी, मेडल र प्रमाण पत्र, अन्यटिमले मेडल र प्रमाण पत्र पाएको सुनखरी एकता संघ टेम्केमैयुङ गाउँपालिका–५ का सल्लाकार शुवास विष्टले बताए ।

वडास्तरीय भलिवल प्रतियोगिताको सुनखरी एकला संघ टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीको आयोजना तथा संयोजनमा सम्पन्न भएको हो । माघ ३ गतेदेखि शुरु भएको खेलमा पुरुष २० र महिला ९ गरी जम्मा २९ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार