रौतमाई गाउँपालिकालाई औद्योगिक ग्राम बनाइने


उदयपुर,८ मंसिर। उदयपुरको रौतामाई गाउँपालिकालाई औद्योगिक ग्रामका रूपमा विकास गरिने गृहकार्य सुरु गरिएको छ । यसका लागि प्राविधिकसहितको टोलीले स्थलगत रूपमा सम्भाव्यता अध्ययन सुरु गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको नेतृत्वमा गएको कृषि, पशु र उद्योगका प्राविधिकसहितको टोलीले जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरी–५ को सुकेपोखरी आसपासको क्षेत्रमा अध्ययन–अनुसन्धान गरेको हो ।

टोलीले औद्योगिक ग्रामका लागि चाहिने न्यूनतम ४० रोपनी जग्गा, सडक सञ्जाल, विद्युत्, भूबनोट, हावापानी, जग्गाको अवस्था, मौसम, विकासको अवस्था, बस्ती, आर्थिक विपन्नता, उद्योग स्थापनाका लागि चाहिने आवश्यक कच्चा पदार्थको अवस्था, जनसंख्या, ढुवानी, बजारीकरणलगायतका विषयमा अध्ययन गरिएको प्रमुख परियारले बताए ।उनले भने, ‘औद्योगिक ग्राम स्थापनाका लागि न्यूनतम मापदण्ड प्रदेश सरकारले नै तय गरेको छ, त्यो मापदण्डलाई परिपूरण गर्ने अवस्था भए÷नभएको प्राविधिक पक्षबाट हेर्ने काम भएको छ । बाँकी चाँडै निष्र्कष निकालिने छ,’ प्रमुख परियारले भने, ‘जग्गा जमिन र भौगोलिक अवस्था हेर्दा मापदण्डसँग मेल खान्छ, बाँकी रह्यो प्राविधिक पक्ष त्यो प्राविधिक टोलीले थप अध्ययन गरी भन्नेछ, जहाँसम्म मेरो विचारमा सुकेपोखरी उपयुक्त छ ।’ टोलीका सदस्य घरेलु तथा साना उद्योग विकास समिति उदयपुरका प्रमुख पाक्रम खाँले वातवरणीय हिसाबले उपयुक्त भएको बताए । उनले औधोगिक क्षेत्र सञ्चालनका लागि नजिकमा त्यही किसिमका वस्तु तथा कच्चा पदार्थहरू उत्पादन हुने क्षेत्र चाहिने र अन्य हिसाबले उपयुक्त नै रहेको बताए ।

त्यसैगरी, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा। अजयकुमार साहले वनजंगल र वातावरण पनि उपयुक्त रहेकाले पशुचौपायाको क्षेत्रमा पनि उर्वर ठाउँ रहेको बताए ।उनले सामान्य सडक विस्तार गर्न सके ठाउँ नकार्न सक्ने अवस्था नरहेको बताए । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्र्तगत सुन्तला जोन कार्यक्रम यही वडामा सञ्चालन रहेको र अदुवा, बेसार, तरकारी खेती पनि सञ्चालनमा रहेकाले औधौगिक ग्राम स्थापनाका लागि कुनै समस्या नरहेको बताए ।

गाउँपालिकाका उपाध्यक्ष कुमारी रानाज्यू ठकुरीले गाउँपालिका खनिज तथा धातु पदार्थ सिसा, तामा, फलाम, चुनढुंगाले भरिपूर्ण भएकाले औद्योगिक ग्रामका लागि उपयुक्त रहेको बताइन् । उनले भनिन्, ‘केही ठाउँमा खनिज तथा धातु पदार्थ देखिएकाले तिनीहरूको यकिन गर्न खानी तथा भूगर्भ विभाग र विशेषज्ञलाई जानकारी गराइसकेका छौं । वडा नम्बर–५ मा सिसाखानीको ओडार देखिएकाले धेरै मानिसले समेत सिसा नै भएको अडकलबाजी गरिरहेको वडाध्यक्ष पाण्डोव राईले बताए । उनले आफ्नो वडा सिसा, चुन ढुंगा र फलफूल खेतीका लागि योग्य रहेको बताए । औद्योगिक ग्राममा विद्यालय, स्वास्थ्य केन्द्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रण व्यवस्थापन, सामान प्रर्दशनी तथा बिक्री कक्ष, शौचालय तथा स्नानगृह, खेल मैदान, खानेपानीलगायतका संरचना बनाउनेगरी प्रदेश सरकारले अवधारणा ल्याएको समन्वय प्रमुख परियारले बताए । स्थानीय स्रोतसाधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्दै उद्योग स्थापना विकास र प्रवद्र्धनमार्फत रोजगारी सिर्जनाबाट अर्थतन्त्रमा बलियो बनाउने औद्योगिक ग्रामको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले औद्योगिक ग्रामको नाममा कोही पनि विस्थापित नहुने बरु रोजगार हुने बताए । उनले दूध डेरी, मह, चिया, कफी, फलफूल, जडीबुटी, धातु, खनिज पदार्थ प्रशोधन यहीबाट हुने र त्यसले यही क्षेत्रको विकास र रोजगारी सिर्जना हुने बताए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव खतिवडाले औद्योगिक ग्राम स्थापनाले गाउँपालिकाका जनताको मुहार फेरिने बताए । गाउँपालिकाभित्रै रहेको अति पिछडिएका तथा गरिब परिवारलाई औद्योगिक ग्रामले जीवनस्तर उकास्न मद्दत पुग्ने बताए । उनले स्थापनाका लागि गाउँपालिकाले सबै क्षेत्रबाट सहयोग गर्ने बताए ।

नेकपाका जिल्ला कमिटी सदस्य तथा स्थानीय नेता केशव राईले औद्योगिकरणबिना समृद्धि हासिल गर्न नसक्ने भएकाले यो एउटा महŒवपूर्ण र ठूलो काम भएको बताए । देशलाई समृद्धिसँग जोड्न औद्योगिकीकरण आवश्यक पर्ने उनको भनाइ छ । वडा नम्बर–६ का अध्यक्ष तिलबहादुर रानाले पर्यटकीय क्षेत्रको विकाससँगै औद्योगिक क्षेत्रका विकासले गाउँपालिकामा समृद्ध छाएको बताए । उनले आर्थिक समृद्धको यात्रामा गाउँपालिका रहेकाले यस्ता कार्यक्रमले जनताको जीवनस्तरमा सहयोग पुग्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार