विप्लब समुहका भोजपुर सेक्रेटरी बम विष्ट पक्राउ


भोजपुर, ५ असोज ।
नेत्रविक्रम चन्द विप्लव समुहका भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ। विष्टलाई आइतबार दिउँसो भोजपुर नगरपालिका–१० भैसिपंखास्थित गजुरमुखी भीर नजिकको जंगलबाट हतियार सहित पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार विष्टको साथबाट छ राउण्ड र चार राउण्ड गोली भरिएको इटालीयन अटोमेटिक पेस्तोल दुई थान, ह्याण्ड ग्रिनेट एक थान बरामद भएको छ । त्यस्तै विष्टको साथबाट १२ ओटा सिमकार्ड सहित दुई ओटा मोवाईल, चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चाहरु पनि प्रहरीले फेला पारेको उनले जानकारी दिए ।

विष्टलाई प्रहरी हिरासतमा राखि अनुसन्धान भइरहेको प्रजिअ खतिवडाले बताए । भोजपुरको टेम्केमैयुङ–५ चोलन्ती घर भएका विष्टलाई गोप्य सुचनाको आधारमा गजुरमुखी भीर नजिकको जंगलबाट पक्राउ गर्न सफल भएको उनको भनाईछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार