नेपालकै ठूलो फलाम खानीको अन्तिम नमुना परीक्षणका लागि चिन पठाइयो


नवलपरासी, ९ भाद्र । नेपालकै ठूलो फलाम खानीको रुपमा भेटिएको नवलपरासीको धौवादीको फलाम खानीबाट उत्पादन परीक्षणका लागि अन्तिम नमुना चीन पठाइएको छ ।

नेपालमै फलाम प्रशोधन एवं उत्पादनका लागि अन्तिम नमुना परीक्षण चिन पठाइएको हो । यस बर्षको नीति तथा कार्यक्रममै धौवादीको फलाम खानीमा व्यवसायिक रुपमा उत्पादन शुरु गर्ने लक्ष्य लिएपछि यहाँ परीक्षण कामले थप तिब्रता पाएको हो ।

खानी तथा भुगर्व विभागका वरिष्ठ मेटालोजिकल ईन्जीनियर कृष्ण देव झाले ५ टन फलामको कच्चा पदार्थ नमुना परीक्षणका लागि पठाइएको बताए । धौवादी फलाम खानीबाट लिईएका नमुनाहरुको रासायनिक परीक्षण नेपाल मै गरिएको थियो भने मेटालोजिकल परीक्षणका लागि नमुनाहरु गत कात्र्तिकमा चिनमा पठाईएको थियो ।

अहिलेसम्म गरिएका रासायनिक परीक्षण र मेटालोजिकल परीक्षणको परीणम सकारात्मक आएपछि विभागले अन्तिम परीक्षण जसलाई उत्पादन परीक्षण भनिन्छ सोको अनुसन्धानका लागि नमुना चीन पठाइएको खानी तथा भुगर्व विभागका वरिष्ठ मेटालोजिकल ईन्जीनियर कृष्ण देव झाले बताए । जसका लागि ५ टन कच्चा पदार्थ चिन पठाइएको उनले बताए ।

मेटालोजिकल परिक्षणका लागि पहिलो चरणमा ४२ प्रतिशत धाउ भएका नमुनाहरु र दोस्रो चरणमा ३२ प्रतिशत धाउ भएका नमुनाहरु चिनको प्रयोगशालाम पठाईएका थिए । दुबै प्रकारका नमुनाहरुबाट उच्च प्रकारको फालाम उत्पादन गर्न सकिने परिणाम आएको झाले बताउए । ३२ प्रतिशत भन्दा माथि धाउ भएका नमुनाहरुबाट राम्रो फलाम उत्पादन गर्न सकिने परिणम आएपछि फलाम परिक्षणमा खटेका विशेषज्ञहरु समेत उत्साहित भएको विभागले जनाएको छ ।
पछिल्लो समयमा गरिएको मेटालोकिल परिक्षण गर्नेका लागि दुई चरणमा गरि १३ सय किलोग्राम नमुना चीन लगिएको थियो भने यस पटक उत्पादन परिक्षणका लागि खानीबाट लिईएका विभिन्न नमुनाहरुको संकलन गरि ५ टन कच्चा पदार्थ चीनमा पठाइएको हो।

चीनमा गरिने यस पटकको उत्पादन परिक्षणबाटपछि नेपालमा प्रशोधनका लागि के कति कच्चा पदार्थ आवश्यक पर्ने, कति क्षमताको उद्योग स्थापना गर्नु पर्ने, कुन रासायन कति प्रतिशत मिसाउनु पर्ने लगायतका तथ्यांकहरु तयार हुने बताईएको छ । यसरी तयार पारिएपछि स्पोन्स आयरन नेपालमा नै तयार हुने छ । त्यस पछि नेपाल मै फलामको ब्यवसायिक उत्पादन पनि शुरु हुने छ ।

खानी तथा भुगर्व विभागका भुगर्व विज्ञ नारायण बास्कोटाको नेतृत्वमा नवलपरासीको धौवादी डाँडामा पछिल्लो ५ वर्ष देखी फलामको सम्भाब्यता अध्ययनमा विज्ञको टोली खटदै आएको छ । अध्यन टोलीले नवलपरासीको हुप्सेकोट गाँउपालिकाको वार्ड नम्बर ५ मा पर्ने पोखरी देखी धौवादी विचको कुईखोला र खाल्टे ९राम्चे० लाई केन्द्र बनाएर विस्तृत अध्ययन गरेको छ ।

पोखरी देखी धौवादी विचको कुईखोला र खाल्टे ९राम्चे०को ४ किलोमिटरको लम्बाई क्षेत्रलाई केन्द्र बनाएर विस्तृत रुपमा नमुना संकलन तथा टोफोग्राफी अध्ययन गरिएको खानी तथा भुगर्व विभागका वरिष्ठ डिविजन भुगर्वविद्ध नारायण बास्कोटाले बताए ।

विज्ञ वास्कोटाका अनुसार २ सय ५० हेक्टेयर क्षेत्रफलमा चेनल सेम्पलिङ विधिबाट २० स्थानबाट नमुना संकलन गरिएको हो । विस्तृत अध्यनको क्रममा २० स्थानबाट ३ सय भन्दा धेरै नमुनाहरु संकलन गरिएको छ ।

३० प्रतिशत आइरनको मात्रा रहेको भए न्युन गुणस्तरको, ४० देखी माथि ६० प्रतिशत आइरन भए मध्यम गुणस्तरको र ६० प्रतिशत भन्दा माथि आइरनको मात्र फेला परे उच्च गुणस्तरको फलाम रहेको हुने प्राविधिकहरुको भनाई रहेको छ । अहिले सम्मको अध्यनले नवलपरासीको यस फलाम खानीमा मध्य गुणस्तरको फलाम रहेको छ ।

धौवादीमा फलाम खानी लिमिटेड स्थापना हुने नवलपरासी । सरकारले नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खन्न र प्रसोधन सहितको सम्पूर्ण कार्य गर्ने गरी ‘धौवादी फलामखानी लिमिटेड स्थापना गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले फलामखानीको उत्खनन् गर्नका लागि छुट्टै अधिकार सम्पन्न कम्पनी स्थापना गर्ने निर्णय गरेको नवलपुर क्षेत्र नं २ का सासद तिलक महतले बताए ।

महतले सरकारले नवलपुरको धौवादीमा रहेको फलाम खानी उत्खन्न गर्न भिन्न कम्पनी खडा गरेकोमा खुसी समेत व्यक्त गर्दै नवलपुरबासीहरुको तर्फबाट स्वागत समेत गरे।

नवलपुरको फलाम खानी राष्ट्रिय गौरवको आयोजना भएको भन्दै केन्द्र सरकारले साढे आठ करोड रुपैया समेत विनियोजन गरेको बताए। सांसद महतले सरकारले ४९ प्रतिशत निजी क्षेत्र र ५१ प्रतिशत सरकारी स्वामित्वमा राखेर पनि काम गर्ने सोच लिएको बताए।

उनले धौवादी फलामखानीको हाल सम्म ३ पटक ल्याव परीक्षण गरिएको र अहिले अन्तिम पटक ५ टन फलाम परीक्षणका लागी चिन पठाईएको भन्दै अन्तिम ल्याव परीक्षण आउन साथ कम्पनी मार्फत फलाम खानीको उत्खननको काम शुरु गरिने समेत बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार