
तुलसीपुर, ८ भाद्र । खुकुरी प्रहारबाट दाङको घोराहीमा एक युवक गम्भिर घाइते भएका छन् ।खुकुरी प्रहारबाट गम्भिर घाइते घोराही उपमहागनरपालिका– १५ निबासी १८ वर्षका त्रिशत्ती बर्तौलालाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए ।प्रहरीले घटनामा संलग्न घोराही १५ बस्ने २३ बर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरी खुकुरीसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवैजनालाई ज्यानमार्ने उद्योग सम्बन्धी मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।






















