ससुराली जाँदा भीरबाट लडेर राईको मृत्यु


धनकुटा, ३ भाद्र । धनकुटाको सहिदभूमि गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमी–३ डाँडागाउँका ३८ बर्षीय अर्जुन राई छन् ।

सोमबार साँझ करिब साढे ५ बजे घरबाट स्थानीय टारबारी स्थित ससुराली घर जान भनेर हिँडेका राई ससुराली नपुगेपछि खोजी गर्ने क्रममा आज बिहान कोङलाङ भीरमा उनको शव भेटिएको हो । भीरबाट करिव एक सय मिटर तल खसेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारीपछि ईलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार