
ओखलढुङगा । ओखलढुङगाको चिसंखुगढी गाउँपालिका-१ कुईभिर सिलउरी घाटमा पौडी खेल्ने क्रममा दुधकोशी नदीले बगाउदँदा १ जना बेपत्ता भएका छन् । नमस्ते अल इन्टरनेशनल आयुवेर्दिक कम्पनी काठमाण्डौबाट आयुवेर्दिक औषधी बिक्री बितरणको लागि आएका जिल्ला डोटी चौकी गाउँपालिका-७ का २० बर्षीय चन्द्र बहादुर खड्का र झपेन्द्र नेपाली पौडी खेल्ने क्रममा चन्द्र बहादुर खड्कालाई नदीले बगाई बेपत्ता भएका हुन् ।
उक्त स्थानमा प्रहरी चौकी खानीभञ्याङबाट प्रहरी टोली खटि गई स्थानीयवासीहरुको सहयोगमा बेपत्ता भएका खड्काको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ




















