महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा परिचय नखुलेका एक पुरुषको मृत्यु भएको हो। कोटेश्वर चोकनजिकै ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान थालेको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए। ती व्यक्तिबाट स्पष्ट परिचय खुल्ने कुनै पनि कागजात फेला नपरेको बोगटीले बताए । ‘आकाशे पुलमूनि कपडा र बोरा भेटिएका छन्, ती व्यक्ति त्यहीँ बसिरहेको हुनसक्ने अनुमान छ,’ बोगटीले भने।
ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा कोटेश्वरमा पैदलयात्रीको मृत्यु
-
भोजपुरको मानेभन्ज्याङ्गमा विभिन्न कार्यक्रम गरि मनाइयो संविधान दिवस
-
विद्युतीय जोखिम कम गर्न श्रमदान मार्फत झाडी फाड्दै सिक्रेटारबासी
-
कोशी प्रदेश अर्थ समितिको सभापतिमा वान्तावा
-
स्वास्थ्य कार्यालय भोजपुरको बार्षिक समीक्षा सम्पन्न
-
खेलक्षेत्रको विकास गर्न पौवादुङमाद्धारा आफ्नै प्रशिक्षक नियुक्त
-
भोजपुरमा आत्महत्या रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
-
अरुणमा १११ औँ वी पी जयन्ती तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका सिके्रटारबासी
-
शिंहदेवी मावि लेखर्कको ६९ वार्षिक उत्सव सम्पन्न
-
अरुणमा अनेम संघ र अखिल क्रान्तिकारी विद्यार्थीको प्रथम सम्मेलन सम्पन्न