उद्योग खोल्न खनिएको खाल्डोमा डुबेर बालिकाको मृत्यु


काभ्रेको बनेपा नगरपालिका १ रायगाउँमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ। उद्योग स्थापनाका लागि खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीया बालिका रुक्साना गोलेको निधन भएको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए। कक्षा ४ मा अध्ययरत रुक्साना दुई साथीहरु सँग बिहान साढे ११ बजे ‍औषधि उद्योग खोल्न खनिएको ठाउँमा पुगेको सापकोटाले बताए। ‘रुक्सनासहित अन्य दुई साथीहरु पनि खेल्न गएका रहेछन्। तर उनी मात्रै पौडी खेल्न जाँदा ५÷६ फिट गहिरो खाल्डोमा डुबेर मृत्यु भएछ’ उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार