
काठमाडौँ । राष्ट्रियसभाका सदस्य कोमल ओलीले भृकुटी कागज कारखाना तत्काल सञ्चालनमा ल्याउन माग गरेकि छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर सदस्य ओलीले कारखाना सञ्चालनमा नल्याएकै कारण केही युवा विदेशिएको दाबी गरिन । भृकुटी कागज कारखाना बन्द भएको १० वर्ष नाघेको छ ।सांसद विन्दादेवी आले रानाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उद्देश्यअनुसारको काम नभई जथाभावी रकम वितरण भएको बताए । अनिता देवकोटाले दाङ, रुकुम र रोल्पाको सडक छिट्टै सञ्चालनमा ल्याउन सरकारसँग माग गर्दै बुटवलदेखि भैरहवासम्म राखिएका गौतमबुद्धको मूर्ति तोडफोड गर्ने दोषीलाई कारवाही गर्न सरकारसँग माग गरे । अर्का सांसद सिंहबहादुर विश्वकर्माले राष्ट्रिय दलित आयोगको गठन गर्न माग गर्दै सिन्धुपाल्चोकका जुरे पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरे ।
रामनारायण बिंडारीले वन्यजन्तुको संरक्षणका ध्यान दिनुपर्नेमा जोड दिँदै ‘हरियो वन नेपालको धन’सम्बन्धी नीति आवश्यक रहेको बताए ।अन्य केही सांसदहरुले मोरङ जिल्लामा निर्माण सम्पन्न भएका विभिन्न बाटोको स्तर निकै खस्किएकाले भ्रष्टाचारीलाई कारवाही गनुपर्ने, भूकम्पको पूर्वतयारीस्वरुप खुला स्थानको व्यवस्था मिलाउने पर्ने तथा जनताका काममा खटिएका राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहमा ढाला गरेमा कानूनबमोजिम कारवाही गर्न सरकारसँग माग गर्नुभयो । यसरी माग गर्नुहुने सांसदहरुमा रमेशजङ्ग रायमाझी, विमला राईले र उदयाशर्मा पौड्याल हुनुहुन्छ ।