
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता एवं पूर्वमन्त्री राम कार्कीले गएको निर्वाचनमा कम्युनिष्टले दुई तिहाइ मत प्राप्त गरेको भए पनि देशमा आर्थिक विकास तथा परिवर्तनका लागि सामान्य पहल गर्न नसकेको बताउनुभएको छ ।‘माक्र्सवादी दृष्टिकोण अबको कम्युनिष्ट आन्दोलन सन्दर्भः नेपाल कम्युनिष्ट आन्दोलनको ७० वर्ष’ विषयमा प्रवचन दिँदै उहाँले नेपालमा कम्युनिष्ट सत्तामा पुगे पनि अहिले हामी उदार पूँजीवादी व्यवस्थामा रहेको बताउनुभयो ।“बितेका दिनमा हामीले सामन्तवादविरुद्ध लड्यौँ, अब पूँजीवाद बलियो ताकतको रुपमा रहेकाले पूजीवादसँग लड्नुपर्ने आवश्यकता छ, त्यसपछि मात्र समाजवादमा पुग्न सकिन्छ ।”, पूर्वमन्त्री कार्कीले भन्नुभयो, “पूँजीवादले कम्युनिष्टलाई प्रदूषित बनायो ।
क्युबाको शिक्षामा कोही पनि विद्यार्थी प्रथम भन्ने नै हुँदैन ।” उहाँले शिक्षा नै संसारको उच्चतम शिक्षा भएको औँल्याउँदै फिनल्याण्डजस्ता मुलुकले पनि यही शिक्षा अवलम्बन गरेकाले उनीहरु सफल भएको बताउनुभयो ।सन् १९१७ मा बोल्सेभिक क्रान्ति भएको बेला लेनिनको नेतृत्वमा रुसमा १० हजार मात्र पार्टी सदस्य थिए तर १५ करोड रुसी जनता क्रान्तिमा होमिए र समाजवाद क्रान्ति सपना मात्र होइन यथार्थमा हुँदो रहेछ भनेर संसारलाई देखाइ दिएको उहाँले चर्चा गर्नुभयो । “आफ्नो पार्टी नेकपाले नत बहुदलीय जनवादबाट समाजवाद तिर जाने नीति ल्यायो, नत माओवादीले जनयुद्धबाट समाजवादतिर जाने बाटो अवलम्बन ग¥र्यो”, कार्कीले टिप्पणी गर्नुभयो । अब विगतको इतिहासलाई निर्मम समीक्षा गरेर नयाँ बाटोबाट समाजवादतर्फ जानुपर्ने उहाँको भनाइ थियो ।