
काभ्रे, २३ साउन । बनेपा नगरपालिका वडा नं १ टुकुचा नालामा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ ।बनेपा १ टुकुचाको स्थानिय रिमाल श्रेष्ठको ४१ महिनाको छेरा रिदेश श्रेष्ठ घरको पानी
तान्ने मेशिनको तार समाउँदै खेल्ने क्रममा करेण्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीको अनुसार बिहान ९ बजे तिर घरमै पानी तान्ने मेशिनको तारमा खेल्ने क्रममा करेण्ट लागेर उपचारको लागि बनेपा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बिषयमा बनेपा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकसहतिको
टोली घटनास्थल पुगि थप अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृतक बालकको शव पोष्टर्माटमको लागि अस्पतालमा राखेको प्रहरीले जनाएको छ
२३ साउन ।