१४ किलो गाजासहित ३ जना भरिया पक्राउ


हेटौंडा । मकवानपुर प्रहरीले १४ किलो ९ सय ग्राम गाजासहित ३ जना भरियालाई पक्राउ गरेको छ । अटोको यात्रु बस्ने सिट र छत काटेर प्लाष्टिकको पोका बनाइ लुकाएर गाजा ओसारपसार गर्ने चालक र अन्य दुई कारोबारीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका-८ देवकोटका १९ वर्षीय जीवन मोक्तान, अटोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका-१० रानीघाटका २४ वर्षीय राजेश पटेल र १९ वर्षीय मुन्ना अन्सारी रहेका छन् । हेटौंडा-११ थानाभर्‍याङमा चेकजाँचका क्रममा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ह ९७४६ नम्बरको अटोबाट १४ किलो ९ सय ग्राम गाँजा बरामद भएको थियो ।

प्रहरी निरीक्षक पवनकुमार झाको टोलीले जाँच गर्दा अटोको सिट काटेर त्यसमा गाजाको प्याकेट राखेको र छतमा समेत पोका बनाइ लुकाएर ६ वटा पोकामा गाजा लुकाएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक  मुकेशकुमार सिँहले जानकारी दिए ।

यस्तै, प्रहरीले वैशाख ६ गते भारतीय कारमा बरामद गरेको ४८ किलो ८ सय ग्राम गाजाका मुख्य अभियुक्त भारत विहान पटनाका ३४ वषर्ीय प्रवल अग्निबेशलाई पनि चितवन पुलचोकबाट पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले यसअघि कार चालक विहार बैलाशीका ३२ वर्षीय अमरजित सिंहलाई पक्राउ गरिसकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार