
धनगढी । कैलालीमा अज्ञात समूहले जिपमा आगजनी गरेका छन्। गोदावरी नगरपालिका ७ लालपुरका स्थानीय तिलकबहादुर शाहीका जिपमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घरअगाडि पार्किङ गरी राखेको बा१५च ४०९९ नम्बरको कारमा गए राति आगजनी भएको हो। गए राति करिब ११ बजेपछि जिपमा आगजनी भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। आगजनीबाट जिपको पछाडिको पूरै भाग जलेर क्षति भएको छ। कसले र किन जिपमा आगजनी गरेको हो भन्ने बारेमा खोजी तलासी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए। उनले घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको बताए। ‘हामी अनुसन्धानमै छौँ’ उनले भने, ‘केही पहिचान हुन क्रममा छन्। हामी पक्राउ गर्छौँ।’