भीरबाट लडेर एकजनाको मृत्यु


गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका(७ निवासी ५० वर्षीय गोपाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जाकारी दिए ।

शनिवार पसलमा सामान किन्न गएका सुनार बेपत्ता भएका थिए । उनको आइतवार बिहान लाटिगैराको भीरबाट लडेर मृत अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार