
आफ्रनै प्रेमिकाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो ९सीआइबी० महाराजगञ्जले
काभ्रेको रोशी गाउँपालिका–३ घर बताउने सानु र राजु उपनामले चिनिने राजेश लामालाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
लामाले ०६४ पुस २७ गते मकवानपुर फापरबारी घर भइ ललितपुरको इमाडोल बस्ने तारा भनिने सुनिता लामालाई उनकै कोठमा हत्या गरी फरार भएका थिए ।
मंसिर २८ गते बिहे गर्ने सल्लाह भएको तर १७ गतेदेखि नै सुनिता सम्पर्कमा नआएपछि भएको बिवादमा लामाले सुनिताको हत्या गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका लामालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी ज्यान सम्बन्धी मुद्दामा महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ ।