डोजरले भत्काएका पहाड जोखिममा, पहिरोले ग्रामिण सडक भत्काउँदा सास्ती


सिन्धुली, ११ साउन । स्थानीय सरकार आएपछि गाउँगाउँमा विना प्राविधिक डोजर अपरेटरले लाखौं खर्चेर भत्काएका पहाड यसपालीको वर्षाका बेलामा कहर बनेका छन् ।

सिन्धुलीका सबै ग्रामीण सडकहरु पहिरोका कारण क्षतविक्षत हुदा गाउँपालिकाहरु यातायातको पहुँच बाहिर छन् । असारको अन्तिम सातादेखि परेको वर्षाका कारण सिन्धुलीका गाउँका जनजीवन अस्तव्यस्त बनेका हुन् ।प्रकृतिको संरक्षण नगरि विकासका नाममा डोजर लगाएका सडकको करोडौ लगानी त्यतिकै खेर गएको छ भने दर्जनौं वस्ती समेत जोखिममा परेका छन् । स्थानीय सरकारले दिगो विकासलाई ख्याल नगरि बजेट खर्च देखाउन सवै भन्दा बढी रकम सडक विस्तारमा छुट्याउने र डोजर चलाउने गरेका कारण अहिले ग्रामिण सडक अवरुद्ध बनेका हुन् ।

यसरी खनिएका सडकहरुमा बाढी पहिरोका कारण ९ वटै स्थानीय तहका मुख्य तथा ग्रामीण सडक अवरुद्ध छन । जसका कारण ग्रामिण भेगमा स्वास्थ्य उपचार, खाद्यान्न र आवत जावतको समस्या भएको छ । बिरामी हुँदा समयमा नै उपचार नपाउने र सडक सञ्जाल नै अवरुद्ध हुँदा नुन, तेल, चामल लगाएतका खाद्यान्नका सामाग्रिको अभाव भएको स्थानीय तहका प्रमुखहरु बताउँछन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार