सप्तरीमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ३ पुग्यो


जनकपुरधाम । सप्तरीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । एक किशोरीको समेत चट्याङ् लागेर मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । यसअघि जिल्लाको हनुमाननगर(कंकालनी नगरपालिकामा एक महिला र सुरुङ्गा नगरपालिकामा एक पुरुषको मंगलबार चट्याङ् लागेर मृत्यु भएको थियो ।

तिलाठी(कोइलाडी गाउँपालिकामा पनि एक किशोरीको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ । तिलाठी कोइलाडी गाउँपालिका(१ तिलाठी बस्ने लक्ष्मण यादवकी १५ वर्षीया छोरी पुनमको चट्याङ् लागेर मृत्यु भएको हो । खेतमा काम गरिरहँदा चट्याङ् लागेर उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि बिहान सुरुङ्गा नगरपालिका(३ का ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कंकालनी नगरपालिका ११ निवासी ४५ वर्षीया शिबशतीदेवी पण्डितको मृत्यु भएको थियो । चौधरीलाई खेतमा काम गरिरहँदा र पण्डित खेतमा काम गरिरहेका श्रीमान्लाई खाना पुर्‍याएर फर्किरहँदा चट्याङ् लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्कालै उपचारका लागि लहान लगिए पनि अस्पतालमै मृत्यु भएको हो भने पण्डितको घट्नाास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार