
गुल्मी । गुल्मीमा पहिरोले घर बगाउँदा आठ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । त्यस्तै दुई जना घाइते भएका छन् । अविरल वर्षापछि जिल्लाको सत्यवती गाउँपालिकामा वडानम्बर ४ भिरकुनामा ४ घर पहिरोले बगाउँदा २५ बर्षीय पम्फा बि।क।, २५ बर्षीय मंगली भन्ने निर्मला वि।क।, १२ बर्षीय अन्जली वि।क।, १० बर्षीय हेमन्तु वि।क।, ७ बर्षीय सिमनी बि।क। र ६० बर्षीय छली बि।क।को मृत्यु भएको हो । त्यस्तै ६ बर्षीय सुमन वि।क। र ८ बर्षीय तारा वि।क। वेपत्ता रहेका छन् । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय जोहाङको प्रहरी टोली उद्धार तथा खोजी कार्यमा खटिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय ले जनाएको छ ।
त्यस्तै सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलो लुम्पेक बस्ने लेखबहादुर तरामुको कच्ची घर पहिरोले पुरेको छ । पहिरोले घर पुर्दा ३४ बर्षीय तिला तरामु र ९ बर्षीय दर्शन तरामुको ज्यान गएको छ । त्यस्तै १३ बर्षीय धनी तरामु र १० बर्षीय करीस्मा तरामु घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी कालिगण्डकी गाउँपालिका वडा नं। ५ रिम्ली बस्ने चेतमान कालाको गोठ माथिबाट पहिरो आई भत्कदा गोठमा रहेको एक भैसी, र ६ वटा बाख्राको मरेका छन् । उता, सत्यवती गाउँपालिका वडा नं। ३ सिन्दी बस्ने रुद्र बहादुर बि।क।को कच्ची घर पहिरोले बगाउदा उनकी श्रीमती ४० बर्षीया माया बि।क।र छोरी ९१६ बर्ष ० कि बबि बि।क। बेपत्ता भएको प्रहरीले जनाएको छ । वेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






















