खाडलमा डुबेको अवस्थामा १० वर्षीय बालकको शव फेला


सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–२ सिटोल पुर्नवास निवासी सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवानको डुबेर मृत्यु भएको छ । मृतकको घरभन्दा ५०० मिटर दक्षिणपूर्व रहेको सूर्य इँटाभट्टाका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेको अवस्थामा गए राति ९ बजे बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाल्डोबाट बालकलाई तत्काल उद्धार गरी उपचारका लागि लालबन्दीस्थित टेक्सास अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार