
सप्तरीमा मङ्गलवार विहान मेघ गर्जनसँगै परेको चट्याङ्बाट दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्वर ३ का ३ का ५५ वर्षिय हरिहर चौधरी र हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ११ का ४५ वर्षिया शिवसती देवी पण्डितको चट्याङ्बले लगेर मृत्यु भएको हो ।
खेतमा काम गरिरहेको अवस्थामा चट्याङ् पर्दा घाइते भएका चौधरीलाई उपचारकोलागि तत्कालै सप्तऋषी अस्पताल लहान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको र खेतमा खाना पु¥याएर फर्किने क्रममा पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






















