चिकित्सकको लापरवाहीका कारण फेरि एक बिरामीको मृत्यु


जनकपुरधा, ५ साउन । चिकित्सकको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पतालमा फेरि एक बिरामीको मृत्यु भएको छ । शनिवार दिउँसो करीव ४ बजे मधुमेहको उपचारका लागि आएका जनकपुरधाम उपमहानगरपालिका १ निवासी ७० बर्षीय अब्दुल करिमको अक्सिजन अभाव र उपचारमा लापरवाहीका कारण मृत्यु भएको मृतकका परिवारजनले आरोप लगाएका छन ।

करिमलाई मेडिकल वार्डमा ल्याईएपछि त्यहाँ ड्युटीमा रहेका चिकित्सक मनिष पाण्डेयले उपचारमा ध्यान नदिएको मृतकका छोरा मोहम्मद जिलानीको गुनासो छ ।मृतकका अर्का छोरा मोहम्मद ईल्ताफले भने, ‘वार्डमा रहेका नर्सहरुले मेरो बुवालाई कुनै हेरचाह गरेनन् । उनीहरु आफै मोवाईल चलाउन ब्यस्त थिए । कसैले हेरेन, अवस्था बिग्रिदै मृत्यु भएपछि मात्रै अस्पतालले हामीलाई जानकारी दियो । मृतकको शैय्याको छेउमै आफ्नो बिरामीको उपचार गराईरहेकी एकजना महिला कुरुवाले भनिन डाक्टरहरुले उनको उपचारमा कुनै ध्यान नै दिएनन् । उपचारका लागि ४ बजे नै अस्पतालमा आएका बिरामीलाई राती साढे ८ बजेसम्म कुनैपनि डाक्टर हेर्न आएन । नर्सहरु वार्डमा उपलब्ध भएपनि उनीहरु सबै मोवाईल चलाउनमै ब्यस्त थिए ।

घटना पश्चात् पीडीत पक्षले अस्पताल विरूद हो हल्ला गरेका थिए भने वार्डमा कुनै नर्स कम्पाउण्डर सहितको कर्मचारी उपलब्ध थिएनन् ।’पीडित पक्षले दोषी चिकित्सक र अस्पताल प्रमुखलाई कारवाहीको माग गरेका छन् । अस्पतालमा तनाव बढेपछि रातीदेखि नै सुरक्षाकर्मी तैनात गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार