पहिरोले घर पुरिँदा आमा र दुई नाबालक छोरा बेपत्ता, उद्धार प्रयास जारी


खोटाङ २७ असार । पहिरोले घर पुरिँदा खोटेहाङ गाउँपालिका(२ वाप्लुखा बाघपच्याङमा आमा र दुई नाबालक छोरा बेपत्ता भएका छन् । वर्षापछि आएको पहिरोका कारण विष्णु राईको घर पुरिँदा उनकी श्रीमती रेखा राई र दुई नाबालक छोरा बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान झण्डै तीनरचार सय मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्ता भएको वडाध्यक्ष दिपेन राईले बताए । पहिरोमा भागेर ज्यान जोगाएका विष्णुको पनि हातखुट्टामा चोट लागेको छ ।

बेपत्ता भएका आमा र दुई जना बालकको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेब गौतमले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार