
बझाङ,२६ असार । सुदुरपश्चिम प्रदेशको गौरवकै योजना मानिएको बझाङको बुंगल क्षेत्रमा रहेको कालंगा हाइड्रो प्रालीको फिल्ड कार्यालयमा स्थानीय र विद्यार्थीले तोडफोड गरेका छन् ।
गएको १६ असार १६मा हाइड्रोका जेसीबी चालक माधव बोहरा लगायत अन्य व्यक्तिले बुंगोल नगरपालिका २ बस्तीकी २० वर्षीया ललिता धामीको सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै दोषिलाई कारबाहीको माग गर्दै स्थानीयले हाइड्रोका फिल्ड कार्यालयमा तोडफोड गरेका हुन् । तोडफोडबाट १५ करोड बराबरको क्षति पुगेकोे आयोजनाले जनाएको छ ।गएको २२ असारमा विद्यार्थीहरु र स्थानिय ब्यक्तिको नेतृत्वमा कार्यालय तोडफोड भएको कालंगा हाइड्रोका संस्थापक विरेन्द्र मल्लले बताए । हाइड्रोका फिल्ड कार्यालयमा पुर्ण रुपमा क्षति पुगेको छ । बा १८ च ७१५५, बा १४ च १७७९,बा २ प १२२५ नम्बरको जीपमा तोडफोड गरेका छन् । यस्तै से १ ज ५२६, से १ ज ७६४, से १ ज ५१०, से १ ज ४१८, भे १ च २९३५, म १ च ६५४ नम्बरको जीपमा समेत पुर्ण रुपमा क्षती पुगेको मल्लले बताए ।
पत्रका सम्मेलनमा बोल्दै हाईड्रोका संस्थापक मल्लले भने ‘ललिताको घटनाप्रति हामी निकै दुखित छौं, दोषिलाई प्रहरीले पक्राउ गरिसक्दा समेत हामीहरुलाई अनाआवश्यक दुःख दिनु र कार्यालयमा तोडफोड गर्नु दुखद कुरो हो ।’






















