बुटवल । कर्मचारी अभावका कारण बन्द भएको बुटवलको विषादी परीक्षण एकाई ९प्रयोगशाला० मा बुधबारबाट तरकारी तथा फलफूलको नमुना जाँच्न सुरु गरिएको छ ।मुलकभर बिषादी प्रकरणले चर्चा पाएपछि कृषि मन्त्रालयको सक्रियतामा बुटवलमा बिषदी परीक्षण थालिएको हो ।संघीय संरचना अन्र्तगतको नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतमा रहेको कार्यालय एक बर्ष पहिला सञ्चालनमा आएपनि कर्मचारी समायोजनमा कर्मचारीहरु अन्यत्र गएपछि बन्द भएको थियो ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्री काजमा कार्यालय प्रमुखको रुपमा आएर तरकारी तथा फलफुलको नमुना परीक्षण थालिएको हो । खत्रीले फलफुल तथा तरकारीको नमुना संकलन गरी परिक्षण सुरु गरिएको जानकारी दिए । उनले आफु एक जना र कार्यालय सहयोग मात्रै रहेको कार्यालयमा कार्य गर्नको लागि कठीन रहेको समेत बताए । उनले प्रदेश सरकारले असार पश्चात केही कर्मचारी पठाएमा कार्य सञ्चालनमा सहज हुने समेत जानकारी दिए । कम्तीमा पनि ३ जना प्राविधिक सहायक, नावय प्राविधिक सहकाय आवश्यक पर्ने उनको भनाई छ ।






















