कोपा अमेरिका कप फुटबलको उपाधि आयोजक ब्राजिलले जितेसँगै ब्यक्तिगत उपाधिमा पनि ब्राजिलका खेलाडीले बर्चस्व कायम गरेका छन् । आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले पेरुलाई ३–१ गोलले हराउँदै उपाधि जितेको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ब्राजिलका ड्याली आल्भेस भए ।
ब्राजिलका एलिसन बेकर उत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन ग्लोभ पाए । सर्वाधिक गोलकर्ताको पुरस्कार ब्राजिलकै एभर्टन र पेरुका पाउलो गुरेरले पाए । दुवैले तीन तीन गोल गरेका थिए । सर्वाधिक गोलकर्ता बनेका एभर्टनले युवा खेलाडीको पुरस्कार पनि हात पारे ।






















